Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीको राजिनामा नआउन्जेल मन्त्रालय नफर्कने भन्दै अर्थसचिव विदामा, सहसचिवहरुको पनि भागाभाग !

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री प्रकरण सतहमा आएपछि सहसचिवहरुको भागाभाग भएको छ । निमित्त सचिव हुनुपर्न डरले अधिकांश सहसचिवहरु बिदामा बसेका हुन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले ‘हुन्छ, बस्नूस्’ भनेको स्रोतको भनाई छ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेपछि मन्त्रालयका सहसचिवहरूसमेत मन्त्रालय गएका छैनन् ।  उनीहरुमध्ये अधिकांसको मोबाइल अफ छ । सहसचिवहरू भूपाल बराल र केदारनाथ शर्मा अहिले मन्त्रालय नगई मोबाइल अफ गरेर मोबाइल अफ गरेर बसेका छन् ।
यस्तै चक्र बुढा, महेश आचार्य, रमेशकुमार केसी, राजेश्वर ज्ञवाली, बाबुराम सुवेदी, इश्वरीप्रसाद अर्याल, अर्जुनकुमार खड्का, ढुण्डीप्रसाद निरौलालगायतका सहसचिवहरु पनि निमित्त हुनुपर्ने डरले मन्त्रालय नै नगएको बुझिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK