×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजिनामा दिनुअघि अर्थमन्त्री शर्माको स्पष्टिकरण : ‘बेकारको कथा बुनियो, सीसीटीभीको क्षमता मलाई कसरी थाहा हुन्छ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राजिनामा दिनुअघि अर्थमन्त्री शर्माको स्पष्टिकरण : ‘बेकारको कथा बुनियो, सीसीटीभीको क्षमता मलाई कसरी थाहा हुन्छ?’

Artha Sarokar

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राजिनामा घोषणा गर्नुअघि अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिएका छन् । आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताउँदै उनले अव सीसीटिभीका बारेमा सबैमन्त्री सचेत हुनुपर्नेतर्फ संकेत गरे । ‘कुन सीसीटीभिीको क्षमता मलाई कसरी थाहा हुन्छ ? …यो विषय प्राविधिक मान्छेहरुले अनुसन्धान गर्लान्, मैले डिलिट गर्न पर्ने पनि छैन र यसको ज्ञान पनि छैन’ संसदलाई अर्थमन्त्रीको रुपमा अन्तिम पटक सम्बोधन गर्दै उनले भने ।

यता सो प्रकरणमा संसदीय छानविन समितिसमेत बनेको छ । अव यो समितिले अर्थमन्त्रीको प्रकरणमा छानविन गरी त्यसको प्रतिवेदन तयार गर्नेछ । सोहि प्रतिवेदनका आधारमा उनीमाथि कारवाही हुने वा नहुने निर्णय हुनेछ । उनले सीसीटिभी फुटेज मेटाएको प्रमाणित भएमा उनलाई ठुलै कारवाही गर्न सकिने कानुनी व्यवस्था छ । प्रचलित कानुन अनुसार सिसिटिभी फुटेज मेटाएको प्रमाणित भएका त्यस्ता व्यक्तिलाई ७ बर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान छ ।
माओवादीका तर्फबाट मन्त्री बनेका शर्मा हालसम्मकै विवादित अर्थमन्त्री हुन् । अर्थमन्त्री भएदेखि नै उनी विवादमा तानिएका थिए । नजानेर, नबुझेर पनि अनावश्यक बोलेको भन्दै उनी सेयर बजारका लगानीकर्ताहरुमाझ पनि निकै अलोकप्रिय थिए ।
पछिल्लो समय बजेट बनाउँदा स्वार्थ समूहको पैसा खाएर चलखेल गरेको आरोप उनीमाथि थियो । उनको बहिर्गमनसँगै अवको नयाँ अर्थमन्त्री को बन्ला भन्ने विषयले पनि बजार तताएको छ । सम्भवत: अवको अर्थमन्त्री काँग्रेसका तर्फबाट नियुक्त हुनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी