काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहकाबीच मन्त्री शर्माले शपथ लिएका हुन् । मन्त्री शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।
चालु आर्थिक वर्षको बजेट निर्माणमा करका दायरा हेरफेर गरी बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै शर्मा विवादित बनेको थिए । सो समयमा सिसीटिभि फुटेजसमेत देखाउन नसकेको भन्दै थप विरोध चर्किएपछि शर्माले पदबाट राजिनामा दिएका थिए । तर सो प्रकरण छानबिनका लागि भन्दै गठन गरिएको संसदीय विशेष समितिले शर्मालाई सफाई दिएपछि उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री शेर बहादुर देउवाले उनै शर्मालाई अर्थमन्त्रीमा दोहोराएपछि आइतबार साँझ अर्थमन्त्री शर्माले शपथ ग्रहण गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्