×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङमा जिल्ला ट्राफिकद्वारा ७० लाख राजस्व सङ्कलन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बागलुङमा जिल्ला ट्राफिकद्वारा ७० लाख राजस्व सङ्कलन

रासस

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गलकोट । जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी रु. ७० लाख राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो । ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको ट्राफिक कार्यालय प्रमुख राजकुमार केसीले जानकारी दिए ।

प्रहरीले जथाभावी सवारीसाधन चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टाँस्ने, सवारीसाधान सजावट गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरेको हो । कारबाहीका कारण विस्तारै सडक दुर्घटनामा कमी आएको केसीले बताए ।

आव २०७६/७७ मा आठ हजार आठ सय सवारीसाधनका चालकलाई कारबाही गरी रु. ५२ लाख तथा आव २०७७÷७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी रु. ६७ लाख ७३ हजार राजस्व सङ्कलन गरिएको थियो । “कारबाहीको सङ्ख्या र राजस्वमा वृद्धि भएको छ”, उनले भने । जिल्लामा गत आवमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी