काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आगामी आर्थिक वर्षको मौद्रिक नीति एक साताभित्रै आउने बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यानल डिस्कसन कार्यक्रममा डेपुटी गभर्नरले मौद्रिक नीति जारी गर्ने अन्तिम अवस्थामा पुगेको बताएका हुन् ।
सरोकारवाला निकायहरुको सुझावलाई समेत समेटेर मौद्रिक नीति ल्याउने तयारी भइरहेको उनले बताएका छन् । अर्थतन्त्रलाई सम्हाल्ने मौद्रिक नीति ल्याउन लागेको उनले बताएका छन् ।
उनले भने, ‘अहिले राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा तिब्र रुपमा लागेको छ, अहिले हामी मौद्रिक नीति निर्माणको अन्तिम चरणमा छौँ’ । ‘सबै तह र तप्काबाट आएका सुझावहरूलाई समेटेर अर्थतन्त्रलाई सम्हाल्ने मौद्रिक नीति ल्याउँनेछौँ’ ।
मौद्रिक नीति अन्तिम समयमा पुगिसकेकाले लिखित सुझाव चाँडै पठाउन समेत एक्यानलाई उनले आग्रह गरेका छन् । एक्यानको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी जाने तय भए पनि अन्तिम अवस्थामा डेपुटी गभर्नर मिश्र पुगेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्