×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा वित्तीय साक्षरता कार्यक्रम संचालन, डिजिटल बैंकिङको प्रयोगमा जोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

धनगढीमा वित्तीय साक्षरता कार्यक्रम संचालन, डिजिटल बैंकिङको प्रयोगमा जोड

Artha Sarokar

२३ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षाको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरि उक्त साक्षरता कार्यक्रम संचालन गरिएको हो । सहभागि करिब ३ सय भन्दा बढी विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्था र उनीहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे जानकारी गराएका थिए । अन्य प्रदेशको तुलनामा डिजिटल बैंकिङको प्रयोगकर्ता कम रहेको भन्दै यसको प्रयोगमा जोड दिएका थिए ।

साथै, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले वित्तीय साक्षरता समाजका सबै तह र तप्काका मानिसलाई आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई बैंक खाता खोल्न र बचत संस्कारको सुरुवात गर्न प्रोत्साहन समेत गरेका थिए । यस्तै, नबिल बैंक धनगढी शाखा प्रबन्धक तेज भट्टले बैंक तथा वित्तीय संस्थाले दिने सेवा, सुविधाबारे जानकारी गराएका थिए । उनले वित्तीय रुपमा साक्षर हुँदाका अनेकैँ फाइदा रहेको भन्दै सानै उमेरदेखि यसबारे जानकारी लिन आग्रह गरेका थिए ।

यस्तै,  प्रदेश प्रहरी कार्यालयका डीएसपी जगदीश डाँगा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र साउदले वित्तीय कारोबार अझ त्यसमा पनि डिजिटल बैंकिङका धेरै सहजता हुँदा हुँदै जोखिमहरु पनि रहेकाले सचेत भएर प्रयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा सहभागि धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना, कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले विद्यार्थीहरुले वित्तीय साक्षरताका लागि अध्ययनमात्र गरेर नहुने भन्दै यसको व्यवहारिक प्रयोगमा जोड दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी