काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । नुवाकोट जिल्ला मेघाङ गाउँपालिका वडा नं.३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१६,बालाजु बस्ने ३६ वर्षिय चन्द्र बहादुर सुनार सो कसुरमा पक्राउ परेका हुन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी प्राइम कमर्सीयल बैंक लिमिटेडमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनि चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १ दिन कैद र २४ लाख जरिवाना सुनाएको थियो। उनलाई बालाजु, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।