काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्ला लिसंङ्गखु पाखर वडा नं.०६ घर भई हाल भक्तपुर, दधिकोट बस्ने ३० बर्षिय सिताराम भण्डारी सो कसुरमा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनबाटले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ लाख जरिवाना सुनाएको थियो । उनलाई भक्तपुर, दधिकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।