×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, १० दिन कैद र ६६ लाख जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, १० दिन कैद र ६६ लाख जरिवाना

Artha Sarokar

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं.४,विशालनगर बस्ने ४० बर्षिय अमित शम्शेर ज.ब.रा सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीरजानी जाहेरवालालाई झुक्यानमा पारी सिटिजन्स बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ६६ लाख जरिवाना सुनाएको थियो। उनलाई टुडालदेवी,काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी