Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० जरिवाना

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी एक प्रतिवादी पक्राउ परेकी छन् ।  काठमाडौं महानगरपालिका वडा नं. १३, बाफल बस्ने ४२ बर्षिय निशा गुरुङ सो कसुरमा पक्राउ परेकी हुन् ।

उनले आफ्नो कुमारी बैंक लिमिटेड, दरबारमार्ग शाखा कार्यालय, काठमाडौंमा रहेको निजको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० जरिवाना सुनाएको थियो। उनलाई काठमाडौं, टोखाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK