काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा न.१ बस्ने ४८ वर्षिय श्याम बहादुर दर्जी सो कसुरमा पक्राउ परेका हुन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सानिमा बैंक लिमिटेड, नयाँबजार शाखा कार्यालयमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनि चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र १५ लाख १९ हजार ७ सय ५० जरिवाना सुनाएको थियो । उनलाई चन्द्रागिरी नगरपालिका बलम्बुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्