झापा । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको तुलनामा ५६.६७ प्रतिशतमात्र राजस्व असुली भएको जनाएको छ ।
सूचना अधिकारी प्रभुनारायण मेहताले एक वर्षको अवधिमा भन्सारले रु. ४२ करोड ५८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु. २४ करोड १३ लाख ३६ हजार ६०४ रकम असुली गरेको बताए । उनका अनुसार कोभिड–१९ को असर र ठूला व्यापारीले यो नाकाको प्रयोग नगर्ने, साना व्यापारीले मात्र सामान आयात गर्ने हुँदा पनि राजस्व असुलीमा प्रभाव परेको हो ।
उनले कोभिड–१९ का कारण लामो समय नाका बन्द हुँदा राजस्व असुलीमा प्रभाव परेको बताए । कार्यालयले भन्सार महसुलवापत रु. दुई करोड ७५ लाख ८८ हजार, मूल्य अभिवृद्धि करवापत रु. १२ करोड १२ लाख १२ हजार, अन्त शुल्कमार्फत रु. ८५ लाख ७० हजार, कृषि सुधार शुल्कवापत रु. एक करोड ३२ लाख ४८ हजार, भन्सारसम्बन्धी अन्य आय रु. ७७ लाख १० हजार, स्वास्थ्य जोखिम करवापत रु. पाँच हजार राजस्व असुली भएको उनको भनाइ छ ।
यस भन्सारबाट सबैभन्दा बढी कपडा, सुर्तीजन्य पदार्थ, माछा र जुत्तालगायतका सामग्री बढी मात्रमा आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । भद्रपुर नाका हुँदै एक वर्षको अवधिमा भारतलगायत तेस्रो मुलुकमा कुनै पनि प्रकारका सामान निर्यात नभएको सूचना अधिकारी मेहताले बताए । गत आर्थिक वर्ष २०७७/७८ समेत यस भन्सारले लक्ष्यको ९० प्रतिशत मात्र राजस्व असुली गरेको थियो ।
वि.सं २०७५ साउनबाट छोटी भन्सारबाट मूल भन्सार कार्यालयका रुपमा सञ्चालनमा आएको यस भन्सारको मातहतमा पाँचवटा छोटी भन्सार कार्यालय रहेका छन् । त्यसमा पाठमामारी, पन्थपाडा, घेराबारी, केचना र झापा कमुरखोद छोटी भन्सार रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्