×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोज्याङखोलामा पुल भत्कँदा स्थानीयलाई आवतजावतमा सास्ती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वोज्याङखोलामा पुल भत्कँदा स्थानीयलाई आवतजावतमा सास्ती

रासस

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रोल्पा । अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएका थिए ।

गत मङ्गलबार राति परेको अविलरल वर्षापछि आएको बाढीले पुल बगाएका थिए । अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो । सोही बाटो हुँदै लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्दछन् ।

लुङ्ग्रीका अध्यक्ष भरत थापाले भने, “पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्, निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ । ” सो गाउँपालिकाको रु. २७ लाखको लगानी रहेको सो पुलमा आर्थिक अनियमतिता भएको जनाउँदै सार्वजनिक आलोचनासमेत भएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी