Skip to content
LAXMI SUNRISE BANK

हिमाली जिल्लामा दोब्बर बजेट थप्न माग, ध्यान नदिदाँ विकट जिल्लाहरू मर्कामा

अर्थ सरोकार

कर्णाली । कर्णाली प्रदेशसभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गरेका छन् । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशनको २०औँ बैठकमा शनिबार भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको पूर्वाधार विकासमा दोब्बर बजेट थप्न प्रदेशसरकारको ध्यानाकर्षण गराएका हुन् । “हुम्लामा र डोल्पामा विकास सामग्री हवाईजहाजबाट ढुवानी गर्नुपर्छ”, उनले भने, “यसले गर्दा सुर्खेतमा लाग्ने विकास खर्चभन्दा ती जिल्लाहरूमा दोब्बरले बजेट बढ्छ ।”

यो अवस्थालाई सरकारले ध्यान नदिइ बजेट विनियोजन गर्दा विकट हिमाली जिल्लाहरू मर्कामा परेको टिप्पणी उनले गरे । चालु आर्थिक वर्ष २०७८/७९ मा सामाजिक विकास मन्त्रालयले हिमालदेखि भित्री मधेसका जिल्लामा रु. ४० लाखका विद्यालय भवन निर्माणकार्य समतामुखी नभएको र त्यसबाट हिमाली जिल्लामा पर्न गएको क्षति सरकारले व्यहोर्नुपर्ने उनको जिकिर थियो ।

सरकारले अब हिमाली जिल्लाको विकटतालाई बुझेर बजेट दोब्बर गर्नुपर्ने वा आफैँले ढुवानी दिनुपर्नेमा उनले जोड दिए । प्रदेशसभा सदस्य शाहीले कर्णाली सरकारले जगदुल्ला जलविद्युत् आयोजनामा शेयर लगानी गरेको प्रति प्रंशसा गर्दै यही २२ गतेको बाढीले डोल्पा पूर्ण क्षति भएका १० घरका परिवारलाई क्षति तथा राहत उपलब्ध गराउनसमेत आग्रह गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK