काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसँग आग्रह गरेका हुन् । आर्थिक हिसावले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेको भन्दै अध्यक्ष राजेन्द्र मल्लले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताए । यसका लागि नेपाली राजदूतावासले पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई रहेको थियो ।
ओमानसँग नेपालको कुटनीतिक सम्वन्ध निकै पुरानो रहेपनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आर्कषित गर्न नसकिएको अध्यक्ष मल्लले बताए । ‘एसियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ, उनले भने, त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरि महामहिम राजदूतले भूमिका निर्वाह गरि दिनु पर्यो, ।’ ओमानसँग नेपालको व्यापार घाटा उच्च रहेकाले पर्यटन र लगानी मार्फत व्यवसायिक सम्वन्ध विस्तारमा अध्यक्ष मल्लले जोड दिए। ओमानमा नेपाल हाउस खोल्नका लागि पहल गरिदिन पनि अध्यक्ष मल्लले आग्रह गरे।
ओमानमा कार्यरत नेपालीलाई लक्षित गरि उनीहरुका लागि आवश्यक खाद्यन्ह, लत्ता कपडा लगायत बस्तुहरु नेपालबाटै आपूर्ति गर्ने व्यवस्था सहितको नेपाल हाउस खोल्न सकिए आर्थिक गतिविधी बढ्ने र व्यापार घाटा कम गर्न सहयोग पुग्ने अध्यक्ष मल्लको विश्वास रहेको छ । ओमानबाट मासिक २ अर्व रुपैयाँ रेमिट्यान्स आईरहेको भन्दै अध्यक्ष मल्लले नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण गराए ।
जवाफमा राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताए। ओमानमा कार्यरत एक नेपाली बराबर एक ओमानी नागरिक नेपाल भित्र्याउने अभियान शुरु गर्ने तथा नेपाल हाउस स्थापनाका लागि आफुले पहल गर्ने नवनियुक्त राजदूत अर्यालको भनाई छ । राजदूत अर्याल कार्यभार सम्हाल्नका लागि बिहिबार ओमान जाँदै छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्