काठमाडौँ । नेपालमा २०६४-६५ ताका तरलताको यस्तो अभाव थियो कि, बैंकहरुले केहि हजार रुपैयाँ पनि भनेको समयमा आफ्ना ग्राहकलाई दिन सकेका थिएनन् । अहिले धेरैले यो घटना बिर्सिसकेका छन् । यसो त नेपालमा निक्षेप फिर्ता गर्न नसकेपनि त्यो बेला पनि स्थिति त्यति भयावह भने भएको थिएन । तर चीनमा विभिन्न ग्रामिण बैंकहरुले आफ्नो पैसा फिर्ता गर्न नसकको भन्दै निक्षेपकर्ताहरु आन्दोलनमा उत्रिएका छन्।
अन्तराष्ट्रिय संचारमाध्यमहरुले दिएको जानकारी अनुसार आइतबार मात्रै हजारौं निक्षेपकर्ता चीनको केन्द्रिय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि ‘मेरो निक्षेप फिर्ता गर’ भन्दै प्रदर्शन गरेका थिए । विशेषगरी हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामिण बैंकले निक्षेप फिर्ता नदिएको भन्दै त्यहाँका निक्षेपकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।
करिव ३ महिनादेखि जारी उनीहरुको आन्दोलन जारी रहँदा पनि त्यहाँको केन्द्रीय बैंकले केहि गर्न सकेको छैन । एजेन्सीहरुका अनुसार त्यहाँका ती बैंकहरुले अरवौं रकम फिर्ता गर्न बाँकी छ । त्यहाँका बैंकहरु टाँट पल्टिएपछि ती बैंकहरुले निक्षेप फिर्ता गर्न सकेका छैनन् ।
केही बैंकहरूले उच्च ब्याजदरमा बचतका स्किम ल्याउँदा अहिले बचतकर्ताको बचत फिर्ता गर्न नसकेका हुन् । सर्वसाधारणको पैसामध्ये अधिकांस बैंकहरुले लगानीको ठुलो हिस्सा घरजग्गामा लगानी गर्दा बैंकहरुलाई यस्तो समस्या आइपरेको हो। कोभिडका कारण चीनमा घरजग्गाको व्यापार ठप्प प्राय भएको थियो । यहि कारण ती बैंकहरुमा खराब कर्जाको अनुपात पनि बढेको छ ।
समस्यामा देखिएका ती चारवटै बैंकहरुको सेयरधनी हेनान न्यू फर्च्यून समूह हो । सो समूहले निक्षेपकर्ताको रकम फिर्ता दिन नसक्दा अनेक बहाना गरिअर्हेको चाह ।
बैंकलाई प्रणालीमा मर्मतसम्भार गर्नु परेको, ठगी भएको जस्ता बहाना विभिन्न समयमा परिवर्तन भएपछि त्यहाँका निक्षेपकर्ताहरु झन् शशंकित बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्