काठमाडौं। ठगी कसुरमा संलग्न रहेका ६ जना पक्राउ । सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका-११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको नगद २ करोड ५० लाख रूपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका-६ वतन भई हाल बाँके कोहलपुर नगरपालिका-११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका-१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका-८ वतन भएका ३३ वर्षीय टोप बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका-११ वतन भएका ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका-१ वतन भएकी आरती भन्ने २१ वर्षीया ललिता सापकोटा रहेका छन् ।
बैजनाथ गाउँपालिका-६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट गम्भीर घाइते भएका भे.१० प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा २०७८ वैशाख २ गते मृत्यु भएको थियो । मृतकको बीमा बापतको रकम रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझि कामना सेवा बिकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको र उक्त रकम बाडफाड समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
सर्जन विकको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएकोले सत्यतथ्य अनुसन्धान गरिपाउँ भन्ने नेपाल पुर्नबिमा कम्पनीबाट पत्राचार भएपछि सुक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिका सहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार तथा सन्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्