×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको खुद नाफामा २४.७६ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य सूचक…(विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकको खुद नाफामा २४.७६ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य सूचक…(विवरणसहित)

Artha Sarokar

७ श्रावण २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंकको खुद नाफामा २४.७६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै बैंकले २ अर्ब २५ करोड ११ लाख रुपैँया खुद नाफा कमाएको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकको खुद नाफा बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने ४०.२९ प्रतिशतले वृद्धि भएको छ । बैंकको कमिसन आम्दानी १५.५७ प्रतिशत बढेको र कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत र सञ्चालन मुनाफा २४.९४ प्रतिशतले बढेको बैंकले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १२.९१ प्रतिशत बढेको छ भने जगेडा कोष २.१३ प्रतिशत बढेको छ । बैंकको निक्षेप ८.६५ प्रतिशत र कर्जा १०.६८ प्रतिशत बढेको विवरणमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी