Skip to content
LAXMI SUNRISE BANK

बार्षिकउत्सवको अवसरमा सिभिल लघुवित्तद्वारा ११५ विधार्थीलाई शैक्षिक सामाग्री वितरण

अर्थ सरोकार

काठमाडौँ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी पर्साले नेपाल राष्ट्रिय प्राथमिक विधालय पटेर्वा सुगौली गा.पा.रामपुर टोलमा शैक्षिक सामाग्री सहयोग गरेको छ । संस्थाको १० औँ बार्षिक उत्सवको अवसरमा मंगलबार एक कार्यक्रमका बीच विधालयका ११५ जना विधार्थी भाई बहिनीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

संस्थाले दशौँ वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गर्न गईरहेको सुखद उपलक्ष्यमा सामाजिक उतरदायित्व अन्तर्गत विधालयका कक्षा १ देखी कक्षा ५ सम्मका अध्ययनरत ११५ जना दलित, विपन्न तथा गरिब विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका शाखा प्रमुख श्यामबाबु प्रसाद यादवले जानकारी दिए । विधालयका प्र.अ. भागवत साहको प्रमुख आतिथ्यतामा, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड निजगढ अनुगमन कार्यालयका अनुगमन अधिकृत  बालहरि सुबेदीले विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । प्रति विधार्थी ६ वटा कापी,६ वटा सिसाकलम र १/१ वटा कटर,इरेजर वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्र.अ.साहले वित्तीय संस्थाले बार्षिक उत्सवमा दलित,विपन्न तथा गरिव समुदायका बालबालिका अध्ययनरत विधार्थीहरुलाई गरिएको शैक्षिक सहयोगले उनीहरुको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्ने बताए । सरकारी विधालयको शैक्षिक गुणस्तर विकासमा सबै निकायको सहयोग र सहकार्य आवश्यक हुने उनको भनाई थियो । शैक्षिक सामग्री वितरण कार्यक्रममा विधालयका शिक्षक,शिक्षिका,विधार्थी तथा संस्थाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK