×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिवाईसी लघुवित्तको खुद नाफामा ५५.०८ प्रतिशतले वृद्धि, अन्य सूचकहरुमा पनि उल्लेख्य सुधार (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिवाईसी लघुवित्तको खुद नाफामा ५५.०८ प्रतिशतले वृद्धि, अन्य सूचकहरुमा पनि उल्लेख्य सुधार (विवरणसहित)

Artha Sarokar

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ५५ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुनालमा लघुवित्तको खुद नाफामा ५५.०८ प्रतिशतले बढोत्तरी भएको हो ।

अघिल्लो वर्षको समिक्षा अवधिमा लघुवित्तले कुल ५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गतवर्षको सोही अवधिमा लघुवित्तले खुद नाफामा ५५.०८ प्रतिशतले वृद्धि गर्दै ८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफामा उल्लेख्य बढोत्तरी भएको लघुवित्तको प्रक्षेपण रहेको छ ।

त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानीमा ११४.७७ प्रतिशतले वृद्धि हुँदा लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ६२.११ प्रतिशत बढेको छ । खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको इपिएसमा २ रुपैयाँ ९५ पैसा बढेर ६६ रुपैयाँ ४ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा रहेको छ ।

लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेको छ भने जगेडा कोष १९९.७२ प्रतिशत बढेको छ । त्यस्तै लघुवित्तको सापटी ४६२.८७ प्रतिशत, निक्षेप ५७.६७ प्रतिशत र कर्जामा १०५.२१ प्रतिशतले बढोत्तरी भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी