काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन येही असार १९, २०७९ (जुलाई ३, २०२२) मा याक एण्ड यति होटल, काठमाडौंमा आयोजना गरेको थियो । एक दिनको उक्त कार्यक्रममा आ-आफ्नो क्षेत्रका विज्ञहरु सहित तीन फरक प्यानलहरु रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेय र एमओसीआईटीका सचिव डा वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेका थिए ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको छ भनी बताइन्। येही सन्दर्भमा उनले दराज ‘परिवर्तनको एक सक्रिय च्यानल’ हुन खोजेको पनि बताइन्। तीनवटा प्यानलले ‘नेपालमा परम्परागत कमर्सबाट ई-कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रु द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयहरू समेटिएका थिए।
छलफलमा सहभागी प्यानलमा गुरुप्रसाद पौडेल, राष्ट्र बैंक; अम्बिका श्रेष्ठ, द्वारिकाज होटल; ओमेश लाल श्रेष्ठ, सी एह एस सोलुसन र सिल्भर लाइनिङ; र विमल अर्याल, दराज नेपाल, सुरेश श्रेष्ठ, उद्योग विभाग; शंकर उप्रेती, हाम्रो पात्रो; आयुष श्रेष्ठ, क्लाउड फ्याक्ट्री; र सन्तोष पाण्डे, ओहो केक एण्ड अफरिङ ह्याप्पिनेस गोविन्दबहादुर कार्की, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; दिलीप अग्रवाल, वर्ल्डलिंक कम्युनिकेसन्स; सञ्जीव सुब्बा, नेपीएस र आँचल कुँवर, दराज नेपाल, रहेका थिए।
कार्यक्रमको समापन गर्नुअघि दराज नेपालका मार्केटिङ प्रमुख प्रणय केसीले दराज समिट २०२२ का सबै अतिथि तथा सहभागीहरूलाई सम्पूर्ण संस्थाको तर्फबाट कृतज्ञता र सम्मान प्रकट गरिन्। विगत चार वर्षमा दराजले नेपालमा सेवा प्रदान गर्दै आएको स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजार स्थान बनाउन सफल भएको छ । १५,००० भन्दा बढी बिक्रेताहरु, प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू र नेपालका १०१ सहरहरूमा डेलिभरीका साथ, दराजले द्रुत रूपमा ईकमर्स स्पेसमा क्रान्तिकारी परिवर्तन गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्