काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (NEPS) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ । आफ्नो अर्डरको लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरुलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले (NEPS) अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन् ।
यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो । ‘नेपाली ई-कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल शपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकहरूलाई थप डिजिटल भुक्तानी विधिहरू छनौट गर्न प्रोत्साहित गर्न NEPS सँगको साझेदारीप्रति हामी उत्साहित र आशावादी छौं ।’ अरुण फुयाँल, डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुखले भने, दराज नेपाल ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ ।
दराजले धेरै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंक दिनहरूमा ती विशिष्ट बैंकहरू मार्फत भुक्तानी गर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ । ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्नेछन्। संकलित भाउचरहरू चेक आउटको समयमा स्वचालित रूपमा लागू हुनेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्