काठमाडौं । डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामी आवेदन दिने आज बिहिबार (असार २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीको १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको थियो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाइने भएको छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकिएको छ र सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन असार २४ गते बिहान १० बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्