काठमाडौं । चालु आर्थिक वर्षमा सबै किसिमका डिजिटल प्लेटफर्मबाट हुने भुक्तानीमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार जेठ महिनामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट र क्युआर पेमेन्टमा वृद्धि भएको हो ।
राष्ट्र बैंकले प्रकाशन गरेको विवरण अनुसार इन्टरनेट बैंकिङबाट १२ अर्ब १५ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ । वैशाख महिनामा ११ अर्ब ९१ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो । मोबाइल बैंकिङबाट १ खर्ब २१ अर्ब ९६ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ भने अघिल्लो महिनामा मोबाइल बैंकिङको कारोबार १ खर्ब १३ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो ।
त्यस्तै, मोबाइल वालेटमा १५ अर्ब ९६ करोड ७० लाखको कारोबार भएको छ । अघिल्लो महिनामा १४ अर्ब ६६ करोडका कारोबार भएको थियो । क्यूआर पेमेन्टमा पनि ११ अर्ब १ करोड ५० लाख बराबरको भुक्तानी भएको छ भने गत महिनामा १० अर्ब १९ करोड १० लाखको भुक्तानी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्