×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्की ड्र मार्फत डिशहोमका ग्राहकले जिते एक लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लक्की ड्र मार्फत डिशहोमका ग्राहकले जिते एक लाख

Artha Sarokar

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई रु एक/एक लाख वितरण गरेको छ । पुरस्कार राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रा.लि.का मंगल गुरुङ् तथा डिशहोमका क्षेत्रिय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थीतिमा वितरण गरिएको थियो ।

काठमाण्डौं बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेति र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमा रु एक/ एक लाख जित्न सफल भएका थिए । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ । यस लक्कि ड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टिभी, रमाईलो एच.डी सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी