×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डलरको भाउमा नयाँ रेकर्ड !

PRIME CA
GLOBAL IME BANK

डलरको भाउमा नयाँ रेकर्ड !

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर बढ्दै गएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले आइतबार पनि बढेर नयाँ रकर्ड कायम गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार १ डलरको भाउ (बिक्रीदर) १२६ रुपैयाँ ७८ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १२६ रुपैयाँ १८ पैसा कायम भएको छ । यसअघि शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १२६ रुपैयाँ ६५ पैसा र खरिददर १२६ रुपैयाँ ०५ पैसा कायम भएको थियो ।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ । डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।  डलरको तुलनामा भारतीय रुपैयाँ  भारु पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।

निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।  डलरको मूल्य आकासिदा अध्ययन तथा भ्रमण र आयातका लागि नेपालीले खर्च गर्नुपर्ने रकमको भार थपिने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: