काठमाडौँ । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परिक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो । अबदेखि आइएलटिएस परिक्षा दिने परिक्षार्थीले आफ्नो इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन् ।
साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्क मार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ । उक्त विद्युतिय भुक्तानी प्रबिधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको छ । इसेवाले हाल ५७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सुरक्षित,भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रधान गर्दै आफुलाई विश्वनिय विद्युतिय भुक्तानी प्ररादायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट भुक्तानी, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज टिकट, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । उक्त भुक्तानीमा आकर्षक क्यासब्याक समेत प्रदान गर्दै आएको छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्