×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको खुद नाफा ४७.७७ प्रतिशतले बढ्यो, ईपिएसमा ७ रुपैयाँले वृद्धि, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

एभरेष्ट बैंकको खुद नाफा ४७.७७ प्रतिशतले बढ्यो, ईपिएसमा ७ रुपैयाँले वृद्धि, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

१२ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको खुद नाफामा ४३ प्रतिशतले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैकले खुद नाफामा ४३.७७ ले बढोत्तरी गर्दै कुल २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको प्रतिसेयर १९ रुपैयाँ ८२ पैसा रहेको थियो । गतवर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अर्थात बैंकको ईपिएसमा ७ रुपैयाँले वृद्धि हुँदै २६ रुपैयाँ ८९ पैसा पुगेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढ्नाले बैंकको यस्तो आम्दानी बढ्न पुगेको बैंकको प्रक्षेपण रहेको छ ।

गत वर्षको अन्त्यसम्ममा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानीमा ३४.३३ प्रतिशतले बढोत्तरी हुँदा बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.९७ प्रतिशत बढेको छ भने जगेडा कोष १२.५७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १२.५७ प्रतिशत र कर्जा १३.९३ प्रतिशत बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: