काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मूल्यवृद्धि बढेर ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा वार्षिक मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ ।
जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ भने अघिल्लो जेठ महिनाको तुलनामा यो जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलको मुल्यमा २२.६० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको मुल्यमा ११.२२ प्रतिशत, सुर्तीजन्य पदार्थको मुल्यमा ९.७० प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्यमा ९.६८ प्रतिशत वृद्धि भएको छ भने दाल तथा गेडागुडी उपसमूहको मूल्यमा ९.१३ प्रतिशतको वृद्धि रहेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा २५.७९ प्रतिशत , शिक्षामा ११.६४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुमा ८.३० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिमा ८.२१ प्रतिशत र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीती ७.८४ प्रतिशत रहेको छ । यो अवधिमा काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ जेठमा यी क्षेत्रहरुमा क्रमशः ३.८७ प्रतिशत, ४.४७ प्रतिशत, ४.३२ प्रतिशत र १.७२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.०० प्रतिशत रहेको थियो । जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत थोक मुद्रास्फिति ९.२६ प्रतिशत रहेको छ । जेठमा उपभोग्य वस्तुको १५.८४ प्रतिशत, मध्यवर्ती वस्तुको १५.३४ प्रतिशत र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि ७.८३ प्रतिशत रहेको छ ।
निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२५ प्रतिशत रहेको छ । तलब तथा ज्यालादर सूचकाङ्क जेठ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.९८ प्रतिशतले बढेको थियो । तलब सूचकाङ्क ९.४४ प्रतिशत र ज्यालादर सूचकाङ्क ८.२४ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत तलब तथा ज्यालादार सूचकाङ्क ६.४२ प्रतिशत रहेको छ । जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ८.५६ प्रतिशत र सन् २०२२ मे महिनामा भारतमा ७.०४ प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्