पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो ।अघिल्लो आर्थिक वर्षमा रु. ५३ अर्ब ६८ करोड २८ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत रु. २६ अर्ब ८१ करोड पाँच लाखभन्दा बढी अर्थात् रु. ८० अर्ब ४९करोड ३३ लाखभन्दा बढीको सामान निर्यात भएको थियो । अघिल्लोे आवको तुलनामा गत आवमा ४९दशमलव ९४ प्रतिशत बढी हो ।
उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत बस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले अघिल्लो आवको तुलनमा गत आवमा भटमासको प्रशोधित तेल निर्यातमा १३ प्रतिशतले कमी आएको तर सूर्यमुखीको प्रशोधित तेल ५६ प्रतिशत, फलफूलको जुस ४१ प्रतिशत, जमोठ कपडाको निर्यात ४५ प्रतिशतले वृद्धि भएको बताए । भारत तथा तेस्रोमुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानकोे दायरालाई अझै फराकिएलो बनाए निर्यात प्रवद्र्धनमा मद्दत पुग्ने उद्योगपति व्यवासायीको भनाइ थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्