Skip to content
LAXMI SUNRISE BANK

संसदमा आफ्ना कुरा राखेर आजै राजिनामा दिने अर्थमन्त्रीको तयारी, छानविन समिति बनाउन माओवादी तयार !

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको अघिल्लो रात करका दर हेरफेर गर्न बाहिरिया बिचौलिया प्रयोग गरेको समाचार सार्वजनिक भएपछि अर्थमन्त्रीमाथि राजीनामाको चारैतिरबाट दबाव बढिहरेको थियो ।

उनले कसैले राजिनामा माग्दैमा राजिनामा दिन्न पनि भनिरहेको थिए । उनले अनाधिकृत व्यक्ति प्रवेश गरेको सीसीटीभी फुटेज डिलिट गरेको भन्दै चैतर्फी विरोध आएपछि अन्तत अर्थमन्त्री शर्माले राजीनामा दिने भएका छन् ।

अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राखेर आजै राजिनामा दिने भएका हुन् ।

मंगलबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा अर्थमन्त्रीले राजीनामा दिने सहमति भएको हो।

यता बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ । आजको संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK