×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असिनाको असर : घट्दो आलु उत्पादन, किसानलाई गुजारा चलाउनै कठिन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

असिनाको असर : घट्दो आलु उत्पादन, किसानलाई गुजारा चलाउनै कठिन !

रासस

२३ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बलेवा । काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ । माटो, सिँचाइ र हावापानीले साथ दिएको भए पनि पछिल्लो समय यहाँका किसान दैवीप्रकोपबाट आजित भएका छन् । बर्सेनि असिना र तुसारोका कारण बालीमा हुने क्षतिले यहाँका किसानलाई सताएको हो । धम्जाका किसान डिलबहादुर छन्त्याल असिनाको मारमा नपरेको भए अहिले उनको भण्डार गृह आलुले भरिएको हुन्थ्यो तर, चैत वैशाखमा वर्षासँगै आएको असिनाले उनको बालीमा ठुलो क्षति गर्यो ।

केही वर्ष पहिलेसम्म उनको बारीमा लगाएको आलुमा एक झालमा आधा किलो आलु फल्थे । यो वर्ष एक झालमा दुईतीन दाना मात्रै उनले फसल लिन पाए । “दुई वर्षअघि असिनाले खायो आलु भएन, पोहोर साल असिना नपरेकाले राम्रो फलेको थियो”, छन्त्यालले भने, “अहिले त ठूलो खात लागेर असिना पार्यो आलु फलेन ।” तुसारो र असिनाका कारण आलुमा देखिने रोगको सङ्क्रमणका कारण उत्पादन कम हुँदा यहाँका किसानलाई गुजारा चलाउनै कठिन हुने गरेको छ । धम्जामा व्यवसायीक रुपमै आलुको खेती गर्दै आएका डिलबहादुर छन्त्याल, तुलबहादुर छन्त्याल र मनबहादुर थापाजस्ता कयौँ किसानको लाखौँको आलुबाली नष्ट भएको तथ्याङ्क वडा कार्यालयसँग छ ।

धम्जामा असिनाका कारण हुने क्षतिको कमी गर्नका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ । असिनाले मकै, जौ, गहुँ, कोदो र अन्य नगदेबाली तथा फलफूल तरकारीमा ठूलो क्षति पुर्याउने गरेको छ । यस वर्ष मात्रै झण्डै रु. ३० लाख मूल्य बराबरको आलु बालीमा क्षति भएको तथ्याङ्क वडा कार्यालयसित छ । “हामी असिनाको रोकथामका लागि आलु बालीमा जाली लगाउने की भन्ने योजानमा छौँ”, वडाध्यक्ष तुलबहादुर विकले भने, “असिना र तुसारोबाट जोगाउने उपायको खोजीमा र्छौं ।” वडाले पीडित किसानका लागि राहत उपलब्ध गराउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन क्षतिको विवरण तयार गर्ने काम गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी