काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले अनुदान सहायता स्वरूप बस र एम्बुलेन्स उपहार प्रदान गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो ।
नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी र नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ । भारत स्वतन्त्र भएको ७५ औं वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ कार्यक्रम अन्तर्गत यी एम्बुलेन्स र बस हस्तान्तरण गरेको हो । कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरेका थिए ।
त्यस्तै, भारतीय राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पु¥याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि गरिरहेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्