काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९० रुपैयाँ कायम गरेको छ ।