काठमाडौँ । सेयर बजार साप्ताहिकका सम्पादकसमेत रहेका पूराना पत्रकार दिनेश आचार्यले बुधबार एउटा ट्वीट गरे । ट्वीटरमा उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मेन्सन गर्दै राज्यको सम्पति हुनुपर्ने गभर्नर, सरकारको बित्तीय सल्लाहकारको भूमिकामा हुनुपर्ने व्यक्ति प्रतिपक्षी पार्टीको बिभागीय सदस्यमा नियुक्ति भएको खबर आएको र सो तथ्य दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका थिए ।
केहि समयपछि गभर्नर अधिकारीले उनको ट्वीटमा रिप्लाई गरेर उल्लेखित एम अधिकारी आफु नभएको दाबी गरे । तर गभर्नर अधिकारीको दाबी झुटो ठहरियो । उनी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको पुष्टी भईसकेको छ । यस अघि पनि उनी सोहि विभागका सदस्य रहेको स्वयम् सोहि विभागका सदस्य देउकाजी गुरुङले पुष्टी गरेका छन् ।


राष्ट्र बैंक ऐन २०५८ ले गभर्नर वा बैंकका कुनैपनि पदाधिकारीलाई कुनै राजनीति दलको कार्यकर्ता तथा पदाधिकारी बन्नबाट बर्जित गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को धारा २१ को ‘क’ मा बैंक सञ्चालकको योग्यताबारे भनेको छ, ‘राष्ट्र बैंकका सञ्चालक, गभर्नर वा डेपुटी गभर्नर कुनै पनि पार्टीको सदस्य, पदाधिकारी वा कार्यकर्ता बन्न पाउँदैन ।’

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्