काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर सिए. महाप्रसाद अधिकारीले आफू कुनै राजनीतिक पार्टीमा नरहेको स्पष्ट पारेका छन् । नेकपा एमालेको आर्थिक तथा योजना विभाग सदस्यमा एम. अधिकारी (खोटाङ) नाम समेटिएपछि यस विषयमा अर्थ सरोकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘यसरि कोहि बस्छ ? वास्तवमा म कुनै पार्टी राजनीतिमा छैन। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘कोहि भएपनि यस्तो गहन जिम्मेवारीमा रहेर त्यस्तो कुरा मान्छ र ?’
यता नेकपा एमालेका अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले विभागमा नाम रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन् । उनले एम अधिकारी नाम गरेका व्यक्ति एमालेका कार्यकर्ता एवम् अर्थका ज्ञाता भएको दाबी गरेका छन् ।
नेकपा एमालेले खोटाङका एम. अधिकारीलाई केन्द्रीय आर्थिक तथा योजना विभाग सदस्यमा राखेको छ । सो एम अधिकारी नाम गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै अहिले सामाजिक संजालमा अधिकारीको चर्को आलोचना भईरहेको छ ।
गभर्नर अधिकारीको ठेगाना समेत मिलेपछि महाप्रसादको छोटकरी नाम एम. अधिकारी राखेर विभाग सदस्य बनाइएको आरोप सामाजिक संजालका प्रयोगकर्ताको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्