×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो पात्रोले सुरु गर्‍यो इ-लर्निङ प्लेटफर्म

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हाम्रो पात्रोले सुरु गर्‍यो इ-लर्निङ प्लेटफर्म

Artha Sarokar

१७ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा हाम्रो लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो । हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थिहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको छ ।

समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ । प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । विद्यार्थी र गुणस्तरीय शिक्षा बीचको दुरी हाम्रो लर्निङ सेन्टरले कम गर्ने भएको छ । प्रविधिले यो समस्यामा पुलको भूमिका खेल्ने छ।’ हाम्रो पात्रो इंक। का फाउन्डररसीईओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने उनको भनाइ छ । हाम्रो पात्रोका सीईओ शंकर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्की बीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा १५ असारमा हस्ताक्षर भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी