×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नमिलेका कुरा’मा छलफल गर्न सिभिल र हिमालयन फेरि जुटे, संचालक भन्छन्- ‘यो पटक कि वार हुन्छ, कि पार’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘नमिलेका कुरा’मा छलफल गर्न सिभिल र हिमालयन फेरि जुटे, संचालक भन्छन्- ‘यो पटक कि वार हुन्छ, कि पार’

Artha Sarokar

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । केहि दिन अघि होटलसमेत बुक गरेर अन्तिम समयमा प्राप्तिसम्बन्धि सम्झौता नभएको हिमालायन र सिभिल बैंकका अधिकारीहरु ‘नमिलेको कुरा मिलाउन’ फेरि जुटेका छन् । दुवै बैंकका मर्जर कमिटीका अधिकारीहरु ‘बिग्रेका कुरा मिलाउन’ भन्दै जुटेका हुन् । असार मसान्त आउनै लाग्दा हतारिएको हिमालयन बैंकले अन्तत: केहि लचकता अपनाउने संकेत गरेपछि दुई बैंक छलफलका लागि जुटेका हुन् ।
‘स्वाप रेसियो र स्टाफ एडजष्टमेन्टमा केहि कुरा मिलेका थिएनन् । उहाँहरुले कुरा गरेर टुंग्याउँ न त भन्नु भएको छ ‘ सिभिल बैंकका एक अधिकारीले अर्थ सरोकारसँग भने- ‘उहाँहरु लचक भएको संकेत देखेका छौं । यसपाली वारपार गरेरै छोड्ने हो।
यता हिमालयन बैंकका संचालकले पनि कुरा मिलाउन आफुहरु जुटेको कुरा सत्य भएको बताए । ‘अस्ती कुरा बिग्रिएपछि फेरी बसौँ भन्ने कुरा भएकै हो । त्यसपछि हामी जुटेका छौँ । यसपाली गुडन्युज आउला भन्ने अपेक्षा गर्न सकिन्छ।’ हिमालयन बैंकका ती कर्मचारीले अर्थ सरोकारसँग भने, ‘अव अस्ती शुक्रबारको जस्तो हुँदैन । कि वार हुन्छ, कि पार हुन्छ ।’
हिमालयनको एकबराबर सिभिलको शून्य दशमलव ८१ रेसियोमा प्राप्तिमा जाने सम्झौता हुनै लाग्दा केहि दिन अगाडी सो सम्झौता स्थगित भएको थियो ।
अन्तिम समयमा आएर हिमालयन बैंकले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) पश्चात् सिभिललाई अहिले दिने भनेको स्वाप रेसियो घटाउने सम्भावना अधिक भएको बताएपछि शुक्रबारको सम्झौता स्थगित भएको थियो । अर्कोतर्फ स्टाफ एडजष्टमेन्टका विषयमासमेत कुरा नमिल्दा सो सम्झौताले मुहुर्त रुप लिन सकेको थिएन । अव यसपाली भने दुवै पक्षका अधिकारीहरु सम्झौता गर्नेनै गरी कुरा मिलाउन जुटेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी