×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्वेत गंगा हाइड्रोपावरले २३ लाख ८९ हजार ५ सय कित्ता आइपीओ बिक्री गर्ने, साउन ४ गतेदेखि आवेदन दिन सकिने

अर्थ सरोकार

प्रकाशित मिति : २७ असार २०७९, सोमबार

PRIME CA

श्वेत गंगा हाइड्रोपावरले २३ लाख ८९ हजार ५ सय कित्ता आइपीओ बिक्री गर्ने, साउन ४ गतेदेखि आवेदन दिन सकिने

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आइपीओ  बिक्री गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

यो मध्ये १ लाख १९ हजार ४७५ कित्ता सामुहीक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: