काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई जारी गरेको आइपीओ असार ३० गते बिहिबार बाँडफाँट गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।
कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए । सोमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएका छन् । क्यापिटलका अनुसार १ लाख ८२ हजार ४७ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । सोमध्ये पनि भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
निष्काशन गरिएको कुल शेयरमध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो । सोपश्चात बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता शेयर यस दिन बाँडफाँट गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्