×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

PRIME CA

श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने साउन ८ गते (आज) अन्तिम दिन रहेको छ । आइतबार (आज) कम्पनिको कार्यालय समयसम्म मात्र हाइड्रोपावरको आइपीओमा आवेदन दिन सकिने छ ।

कम्पनिले साउन ४ गतेबाट सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकामा १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । श्वेत गंगाको आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: