×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियामक आइक्यानको अध्यक्षमा भाष्कर सिंह लाला, उपाध्यक्षमा सुजन काफ्ले, सपथ ग्रहण सम्पन्न (फोटो-फिचरसहित)

GLOBAL IME BANK

नियामक आइक्यानको अध्यक्षमा भाष्कर सिंह लाला, उपाध्यक्षमा सुजन काफ्ले, सपथ ग्रहण सम्पन्न (फोटो-फिचरसहित)

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित भएका छन् । केहि समय अगाडी भएको निर्वाचनमा भाष्कर सिंह लाला निर्विरोध निर्वाचित भएका हुन् भने सुजन कुमार काफ्ले प्रतिद्वन्दी पियुष आनन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष लाला यसअघि संस्थाको उपाध्यक्ष थिए ।

यसैबीच अध्यक्ष लाला र उपाध्यक्ष काफ्ले दुबैले आफ्नो पद तथा गोपनियताको सपथ खाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरुले पद तथा गोपनियताको सपथ खाएका हुन् । सपथ ग्रहणपछि कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्षले आफ्नो कार्यकालमा समग्र लेखा व्यवसायको हितका लागि काम गर्ने बताउँदै यस काममा सबैलाई साथ दिन आह्वान गरेका छन् ।
उनले आफुलाई उपाध्यक्ष हुँदा सबैभन्दा बढी साथ सिने संस्थाका तत्कालीन अध्यक्ष युद्धराज ओली लगायत आइक्यानका सबै कर्मचारी, तथा अन्य सरोकारवालाहरुलाई धन्यवादसमेत दिएका थिए । आफुलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गराउन सहयोग दिने सबैप्रति आभार प्रकट गरेका उनले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउन आफुले कुनै पनि कसर बाँकी नराख्नेसमेत उद्घोष गरेका छन् ।
साथै कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष सुजन कुमार काफ्लेले पनि आफुलाई संस्थाको उपाध्यक्ष पदमा निर्वाचित गराउने सबैलाई धन्यवाद दिएका छन् । संस्थाको उपाध्यक्ष भएसँगै जिम्मेवारी पनि बढेको आभाष भएको बताउँदै उनले आफुले भ्याएसम्मको काम गरेर आफ्नो कार्यकालमा लेखा व्यवसायको सेवा गर्ने बताएका छन् ।
उपाध्यक्ष काफ्ले अव आइक्यानका तर्फबाट नेपाल धितोपत्र बोर्डका संचालकसमेत हुनेछन् । धितोपत्र बोर्डमा आइक्यानका उपाध्यक्ष संचालकका रुपमा संस्थाको प्रतिनिधि भएर जाने चलन छ । बाँकी फोटो फिचरमा हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: