×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आई.एम.ई.लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आई.एम.ई.लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

Artha Sarokar

५ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्छ ।

आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले १४० वटा शाखा कार्यालयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्ध रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध जाने क्रममा कम्पनीको Website र Mobile Apps मा राखिएको Chatbot मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई ग्रुप लगायत ठुला प्रतिष्ठीत व्यवसायिक समुहहरुको लगानी रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी