काठमाडौं । सर्जन वि.क.को हत्या प्रकरण पछि बीमा समितिले रिलायन्स लाइफ सहित सम्पूर्ण बीमा कम्पनीको सिईअोहरुलाई बोलाएर छलफल गर्ने भएको छ । बिमा समितिले आज दिँउसो ३ बजे सम्पूर्ण बिमा कम्पनीका सिईअोहरुसँग छलफल गर्ने जनाएको हो।
बीमा समितिले सर्जन विकको हत्या काण्डको विषयमा कम्पनीलाई स्पष्टीकरण सोध्नुको साथै अन्य कम्पनीका सिईओहरुलाई यस्तो समस्या निराकरणको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने भएको हो । घटनामा कम्पनीको तर्फबाट मिलोमतो भएमा बीमा ऐन अनुसार आवश्यक कार्वाही गर्ने बिषयमा समेत छलफल हुने जनाएको छ।
त्यस्तै, कम्पनीको कर्मचारीहरुको मिलोमतो भएमा त्यस सम्बन्धी बिषयमा समेत सपष्टिकरण सोधिने समितिले जनाएको छ । पैसाको लोभमा युवकसँग विवाहको नाटक गरी साढे दुई करोड रुपियाँको बीमा गरेर एक युवकको हत्या गरिएको छ । उक्त हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेसँगै बीमा समितिले आवश्यक छानबिन गर्न तयारीमा आज जीवन बीमक संघका प्रमखु कार्यकारी अधिकृतहरुलाई बीमा समितिमा बोलाएको हो ।
गत आर्थिक बर्षहरुमा बीमा दाबी घटनामा भएको हत्याकाण्ड बिषयमा पनि समितिले अध्ययन समिति बनाएर नै छानविन गरेको थियो । यस बर्ष भने कम्पनीहरुको सिईओहरुलाई बोलाएर नै छलफल गर्ने भएको हो । पछिल्लो समय अण्डरराइटिङमा कमजोरी भएको विषयहरु घटनाहरु हुन थालेका छन् शुक्रबार भएको विक हत्या प्रकरण बाहिरिसकेको छ ।
सो अपराधिक घटनापछि समितिले सीईओहरुलाई नै समितिमा बोलाएर छलफल गर्ने निर्णयमा पुगेको हो । आजको छलफल पछि अण्डरराइटिको बिषयलाई केही कडाई गर्ने देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्