काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । बोर्डले असार २३ मा सिक्लेस हाइड्रोपावलाई र धौलागिरी लघुवित्त र अभियान लघुवित्तलाई असार २४ मा आइपीओ निष्काशन गर्न स्वीकृत दिएको बताइएको छ ।
धौलागिरी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको छ । अभियान लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यकै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ । त्यस्तै सिक्लेस हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत गरि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा धौलागिरी लघुवित्तको सनराइज क्यापिटल लिमिटेड र अभियान लघुवित्तको मुक्तिनाथ क्यापीटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्