काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले असार २९ गते बुधबार (आज)बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले २३ करोड ६६ लाख २४ हजार बराबरको २३ लाख ६६ हजार २४० कित्ता आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यस अवधिमा सबै सेयर बिक्री नभएमा साउन ११ गतेसम्म सेयर भर्न सक्ने कम्पनीको भनाई छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्