×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मन्दाकिनी हाइड्रोपावरले ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ बिक्री गर्ने, साउन ९ गतेदेखि आवेदन दिन सकिने

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि साउन ९ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

हाइड्रोपावरले ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि आरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा साउन १२ सम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन  सकिने छ । बीओके क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले मेरो सेयरको अनलाइन एप्लिकेसन तथा सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन  दिन सकिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: