काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले इस्टन हाइड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । बोर्डले साउन ९ मा इस्टन हाइड्रोपावर र खप्तड लघुवित्त वित्तीयलाई साउन १० मा आइपीओ निष्काशन गर्न स्वीकृत दिएको बताइएको छ । त्यस्तै बोर्डले एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति पनि दिएको छ ।
इस्टन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको छ । खप्तड लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यकै १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।
यस्तै बोर्डले राधी जलविद्युत् कम्पनीलाई १ः१.४७५२ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेर हकप्रद निष्कासन प्रक्रिया अगाडि बढाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्