×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदीय विशेष समितिले पूर्व अर्थमन्त्रीमाथि औपचारिक छानविनको काम सुरु गर्दै, कस्तो आउला निष्कर्ष ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

संसदीय विशेष समितिले पूर्व अर्थमन्त्रीमाथि औपचारिक छानविनको काम सुरु गर्दै, कस्तो आउला निष्कर्ष ?

Artha Sarokar

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई लागेको आरोपबारे मंगलबार (आज)बाट औपचारिक रुपमा काम सुरु गर्ने भएको छ । अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोपबारे छानबिन गर्ने गठन गरिएको विषेश समितिले औपचारिक रुपमा काम सुरु गर्ने भएको हो । यसबारे छलफल गर्ने मंगलबार (आज) दिउँसो सिंहदरवारमा औपचारिक बैठक समेत बस्ने भएको छ ।

औपचारिक बैठकमा छानबिनको कार्यविधि तय लगायतका काम गर्ने समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । उनका अनुसार समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने भएका छन् । आज औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश छ । संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

शुक्रबार सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमा राखेको सहजीकरण बैठकमा विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको थियो । सहजीकरण बैठकले (आज) मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको थियो । करको दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री जनार्दन शर्माले २२ असारमा पदबाट राजीनामा दिएका थिए । उनले राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै छानबिन गर्न चुनौती दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी