×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीले संसदीय छानबिन समितिलाई बुझायो सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रहरीले संसदीय छानबिन समितिलाई बुझायो सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रहरीले सीसीटीभी फुटेजको हार्ड डिस्कको फरेन्सिक रिपोर्ट संसदीय छानबिन समितिलाई बुझाएको छ । प्रहरीले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको हार्ड डिस्क जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिलाई बुझाएको हो ।

शर्मामाथि छानबिन गर्न बनेको समितिले अर्थ मन्त्रालयबाट फुटेज माग गरेको थियो । तर, अर्थमन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले हार्ड डिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । फरेन्सिक ल्याबमा पठाएको हार्ड डिस्क प्रहरीले छानबिन समितिलाई बुझाएको हो। प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार आज रिपोर्ट बुझाईएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी